LINS News

सामुदायिक भेला, सेप्तेम्बेर - २०२४

**लिन्स, सेप्तेम्बेर ११, २०२४ **

हार्दिक आभार !

सामुदायिक भेला सु- सम्पन्न!

लङ्ग आईल्यान्ड नेपाली समाजद्वारा आयोजित सामुदायिक भेला अत्यन्तै सफलताका साथ समुदायको प्रत्यक्ष सहभागितामा समपन्न भएको छ।

मिती सन 09/08/2024 मा 201 Levittown parkway स्थित सामुदायिक हलमा भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री कुल प्रसाद गौली( राजन) ज्युको अध्यक्षतामा महासचिव श्री राजेन्द्र कार्कीले सन्चालन गर्नु भएको थियो।

संस्थाका बर्तमान बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटीले स्वागत मन्तब्यबाट सबै उपस्थित समुदायलाई स्वागत गर्नु भएको थियो।

कार्यक्रमको प्रविधिलाई सचिब श्री दिपक अधिकारी सह- कोषाध्यक्ष श्री राम कुमार राई र बोर्ड सदस्य श्री बिकास मैनालिले संयोजन गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका बर्तमान, निबर्तमान, पूर्व कार्यसमिति पदाधिकारी ज्युहरु,सल्लाहकार ज्युहरु, NRNA ICC बाट श्री दुर्गेश कार्की,डा. हरि दाहाल, NRNA बाट श्री दिवाकर पान्डे, NRNA NY Chapter बाट श्री विशाल रेग्मी, रिजउड नेपाली सामजबाट श्री राजेश भट्ट, सुदूर पस्छिम समाजबाट श्री दानसिङ बिस्ट, धादिङ्ग नेपाली समाजबाट श्री टक बहादुर रुवाली, पर्वत सेवा समाजबाट श्री सुर्य पौडेल र श्याम पौडेल र ग्याल्सुङ्डो सेवा समाजबाट श्री थावा शेर्पा लगायत अन्य निकै संस्थागत उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा लङ्ग आईल्यान्ड नेपाली समाजले हाल सम्म गरेको कार्यक्रम मार्फत गरेको सामुदायिक गतिबिधी, संस्थाका समस्या, प्रगति र आगामी योजना हुँदै सामुदायिक भवनका लागि बिभागिय समीतिगठन भएको छ।

महासचिवले समुदायलाई आवाधिक प्रतिवेदनका रुपमा संस्थाका सम्पादित कार्यक्रम र संस्थाको अपीलबाट समुदायको भवनको महा- अभियानमा खुलेर समाहित हुन लङ्ग आईल्यान्ड भित्र बसोबास गर्ने सबैमा हार्दिक अनुरोध गर्नु भएको थियो।

समुदायले नै प्रत्यक्ष सहभागी भएर सामुदायिक भवनका बारेमा र यस अन्तर्गत बन्ने समीतिमा छलफल गरेको छ। यो एउटा समुदायको अपनत्व हुने गरि शुरु भएको सकारात्मक प्रकृया हो। समुदाय भवनका लागि कार्यसमीति अध्यक्ष अन्तर्गत रहने गरि एक मूल समारोह समीति र सो मूल समीति भन्दा तल समन्वय समीति, अर्थ सकलन/कार्यक्रम समीति, कानून/ प्राविधिक समीति र प्रचार- प्रसार समीति गरि जम्मा चार समीति गठन गरिएको छ।

मूल समारोह समीतिभित्र संस्थाका संस्थापक, निवर्तमान र पूर्व सबै अध्यक्ष, सल्लाहकार र पदाधिकारीहरु पदेन सदस्य रहने गरि ब्यवस्था गरिएको छ जुन आफैमा एक बृहत्तर सामुदायिक सहभागिताको भरपर्दो उदाहरण हो।

समुदायले यसलाई रुचाएका छन् । सामाजिक एकता र एउटै भवन बन्नु पर्छ भनेर भेलामा आवाज उठेको छ जसले समाज एकतामा रहनु पर्छ भन्ने माग देखिन्छ।

सामुदायिक भवनका लागि संकलित रकम हरेक दिन हामी हाम्रा आधिकारिक पेजमा अपडेट गर्दै जानेछौं । अब यसलाई लगत राखेर सम्बन्धित समीति मार्फत सो कार्य अघि बढाईने छ।

सामुदायिक भेलाबाट प्रस्तावित भई मनोनयन हुनु भएका समीति संयोजकहरुमा समन्वय समीति संयोजक श्री दिवाकर पान्डे, अर्थ सकलन /कार्यक्रममा श्री दुर्गेश कार्की, कानून तथा प्राविधिक समीतिमा श्री बिबेक गौतम र प्रचार- प्रसार समीतिमा श्री सुर्य पौडेल रहनु भएको छ।

कार्यक्रमको भेलाले उठाएको बिभिन्न प्रश्नको उत्तर संस्थाका अध्यक्ष श्री राजन गौलीले आफ्ना सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु क्रमश बरिस्ठ उपाध्यक्ष साबित्रा सिबाकोटी, उपाध्यक्ष द्वय पंन्डित गोकुल सापकोटा, इन्दिरा सिंखडा, महासचिव राजेन्द्र कार्की, सचिब दिपक अधिकारी, सह- कोषाध्यक्ष राम कुमार राई, बोर्ड सदस्य क्रमश : डा. यम गिरि, बिकस मैनाली, ज्ञानु चन्द, बिमला भन्डारी, नमिता पौडेल र रोश्नी सिटौला आदिका साथ बसेर दिनु भएको थियो।

अन्तमा उपस्थित समुदायलाई प्रश्न, सहभागिता, भवनका लागि घोषणा गर्नु भएको रकम र देखाउनु भएको एकताप्रति

कार्यसमितिका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरताको अपेक्षा गर्नु भएको थियो।


लङ्ग आईल्यान्ड नेपाली समाज, न्युयोर्क


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2024/09/11

लिन्स तीज कार्यक्रम - २०२४

**लिन्स, सेप्तेम्बेर - २०२४ **
हार्दिक आभार !

लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कद्वारा आयोजित तीज कार्यक्रम २०२४ ऐतिहासिक रुपमा सफल भएको छ।

September 1 आईतवार 201 Levittown community hall मा सम्पन्न भएको उक्त कार्यक्रममा 400 भन्दा माथिको संख्यामा समुदायका सदस्यहरु सहभागिता हुनु भएको थियो।

माननीय बिधायक Jake Blumen Cranz लाई प्रमुख अतिथी बनाएर शुरुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री कुल प्रसाद गौली( राजन)ले अध्यक्षता गर्नु भएको थियो भने महासचिव श्री राजेन्द्र कार्कीको संयोजनलाई बरिस्ठ उपाध्यक्ष श्रीमति साबित्रा सिबाकोटि र बोर्ड सदस्य रोश्नी सिटौलाले साथ दिनु भएको थियो।

संस्थाका उपाध्यक्ष पन्डित गोकुल सापकोटाले मन्त्रोच्चारण गर्दै सबै उपस्थित सहभागिलाई तीजको शुभ- कामना र शान्तिको कामना गर्नु भएको थियो।

संस्थाकी उपाध्यक्ष श्रीमति इन्दिरा सिंखडाले स्वागत मन्तब्यमा सबैलाई स्वागत गर्दै सहभागिताका लागि हार्दिक आभार प्रकट गर्नुभएको थियो।

संस्थाका बर्तमान, निबर्तमान सल्लाहकारहरु, कार्यसमिति पदाधिकारीहरु, NRNA ICC बाट श्री दुर्गेश कार्की,डा. हरि दाहाल , NRNA बाट श्री दिवाकर पान्डे , निबर्तमान सल्लाहकार श्रीमति कल्पना थापा , पर्वत सेवा समाजबाट श्री सुर्य पौडेल ,धादिङ्ग नेपाली समाज बाट श्री टक बहादुर रुवाली, तामाङ्ग सोसाइटीबाट स्याङ्तान तामाङ्ग(म्याक्स) र ग्याल्सुङ्ग्डो सेवा समाजबाट थावा शेर्पा, लगायत कयौं संस्थाको प्रनीधित्व रहेको थियो।

संस्थाका सल्लाहकारहरु क्रमश: बसन्त चापागाईं, डा. हरि दाहाल, श्री अशोक कार्की, आचार्य पिपल मणि सिग्देल ,श्री रघुनाथ न्युपाने, श्री भुबन श्रेष्ठ,श्री तेज बहादुर शाही र श्री हेमन्त सिङ उपस्थित हुनु भएको थियो। नृत्य प्रस्तुती , गायन र डि.जे. सङ्गीतमा श्री प्रशान्त पाठकले सहयोग गर्नु भएको थियो जहाँ यूवा पीडिदेखी अन्य सबै उमेर समुहका सहभागिले भरपूर आनन्द लिनु भएको थियो।

कार्यक्रम हललाई साज- सज्जामा चिटिक्क पारेर आकर्षक बनाउने , प्रमाण पत्रहरुको ब्यवस्थापन गरेर कार्यसमिति सचिब श्री दीपक अधिकारि ,रबिन सङ्ग्रौलाले , राजिब शर्मा र उर्वशी चौलागाईंले सहयोग गर्नु भएको थियो जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

तीजको बिशेष नृत्य प्रदर्शन गर्ने सहभागिहरुमा साबित्रा सिवाकोटी ,रोश्नी सिटौला,पबिता गौली, उर्वशी चौलागाईं, स्वेता बुढाथोकी , इन्दिरा सिखडा,टंक अनु कट्टेल पारु गिरि, झर्ना शर्मा, प्रतिमा खनाल सिग्देल, सन्तोसि सुवेदी, सुनिता खनाल,सुशिला,मोहनी,मुस्कान र लोचना रहनुभएको थियो। उहाँहरुलाई अध्यक्ष ज्युबाट प्रमाण पत्र प्रदान गरिएको थियो।

यस पल्ट संस्थाकै समन्वयमा बरिस्ठ उपाध्यक्ष ज्युको सयोजनमा ९१ थान सारी, ब्लाउज र अन्य आवाश्यक पोशाकको ब्यवस्थापन गरिएको थियो ।

खानाका लागि विभिन्न चरणमा सकृय सहयोग गर्नु हुनेमा बिकास मैनाली,राज कुमार तामाङ्ग, डा. यम राज गिरि,रबिन सङ्ग्रौला, चन्द्र पराजुली, विश्व मैनाली, हेमन्त शर्मा, डा. हरि दाहाल, दिवाकर पान्डे, शिव मैनाली, दुर्गेश कार्की, सीता मैनाली , राम कुमार राई, रबि खडका, नरेन्द्र सुवेदी, हरि पोख्रेल, निर्मल थपलिया, रबि दाहाल, अध्यक्ष कुल प्रसाद गौली, र राजेन्द्र कार्की आदि रहनु भएको थियो।

गायन प्रस्तुतिमा बिमल डाङ्गी सरिता डाङ्गि र प्रेम सेचुरी, रहनु भर्को थियो भने कार्यक्रम स्थलको फोटो खिचेर सहयोग गर्नु हुने कार्यसमिति देबेन्द्र पुरी पल र कार्यसमीति सद्स्य श्री सुजन रेग्मी रहनु भएको थियो। कार्यक्रमका लागि आर्थिक सहयोग सकलन तथा सूचना अध्यावधिक गर्ने कार्यमा सह- कोषाध्यक्ष श्री राम कुमार राईले गर्नु भएको थियो।

उपस्थित समुदायलाई सम्बोधन गरेर बिदा हुनु भएको प्रमुख अतिथिलाई बिदा गर्दै अध्यक्ष श्री कुल प्र. गौली राजनले सबै उपस्थित समुदाय सदस्य , कार्यक्रम स्थलमा स्टल तेबल राख्ने सन रन र न्युयोर्क लाईफ इन्सुरेन्स कम्पनी , स्वयंसेवक, कार्यसमिति सदस्य , बर्तमान- निबर्तमान पूर्व सबै पदाधिकारी र अन्य सघ- संस्थाहरु र कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्नु हुने सबै दाताहरुमा हार्दिक धन्यवाद र तीजको शुभ- कामना दिनु भएको थियो।


https://www.facebook.com/LongIslandNepaleseSociety

LINS

2024/09/01

लिन्स फुटबल प्रतियोगिता - २०२४

मकै हाउस सामुदायिक मिडिया, लंग आईल्याण्ड नेपाली समाज (लिन्स) न्युयोर्कको फुटबल प्रतियोगिता २०२४ मा १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो|


image

लंग आईल्याण्ड नेपाली समाज (लिन्स) को आयोजनामा आगामी अगस्ट १०,२०२४ शनिबारका दिन बिहान ९ः०० बजे देखि सॅाझ ५ः०० बजे सम्म चल्ने फुटबल प्रतियोगितामा १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो । ४ समुह चरणमा बाडिएको समुहमा

“A” – समुहमा दांग फुटबल क्लब ए, स्नो लायन्स क्लब, शेर्पा फुटबल क्लब ए र घ्याम्सुल्दो फुटबल क्लब रहेको छ । समुह “B”- मा लंग आईल्याण्ड नेपाली समाज ए, न्युजर्सि फुटबल क्लब र तामांग फुटबल क्लब रहेको छ । समुह “C” – लंग आईल्याण्ड नेपाली समाज बि, न्युयोर्क नेपाली फुटबल क्लब र शेर्पा फुटबल क्लब बी रहेको छ । समुह “D” – दोलखा फुटबल क्लब, तमु फुटबल क्लब र दांग फुटबल क्लब बी गरी चारै समुह गरि १३ टिमले प्रतिस्पर्धा गर्ने भएको हो ।

फुटबल प्रतियोगिता सेडर क्रिक पार्क (फिल्ड ९, ग्राउण्ड २) सिफोर्ड, लंगआईल्याण्डमा हुने भएको हो । $६०० दर्ता शुल्क राखिएको प्रतियोगितामा प्रथम हुनेले नगद $३००० र ट्रफि र दोस्रो हुनेले $१००० र ट्रफि प्राप्त गर्ने छ ।


Click below link to open News (समाचार खोल्न तलको लिङ्कमा क्लिक गर्नुहोस्)

https://makaihousenews.com/


LINS

2024/08/20